धनुषाको रमदैयामा तनाव, प्रहरीद्वारा हवाइफायर

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ स्थित रमदैयामा रहेको वाटरल्यान्ड पार्कमा झडपसँगै तोडफोड भएको छ । त्यसक्रममा प्रहरीले केही राउण्ड आश्रुग्यास प्रहार गर्नुकासाथै हवाइ फायर समेत गरेको छ ।
कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूको लागि विशेष छुटमा पार्कले सुविधा दिने अवसर राखेको थियो । वाटर पार्कले यसका लागि प्रचार पनि गरेको थियो । धेरै विद्यार्थीहरू एकैपटक गएपछि आयोजकले टिकट उपलब्ध नगराएपछि विवाद बढेको थियो ।
शुरुमा बाटरपार्कका कर्मचारीहरुले आफूहरुमाथि आक्रमणको प्रयास गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । यसपछि झडप भएको थियो । विद्यार्थीहरूले ढुङ्गामुढा समेत गरेका छन् । अहिले त्यहाँको स्थिति तनावग्रस्त छ ।
यत घटना सम्बन्धमा वाटरपार्कका प्रबन्ध निर्देशक गुड्डु जैनको मोबाइलमा फोन सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।