समाचार

जगदम्बा मोटर्सले जेठ ७ देखि भृकुटीमण्डपमा ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्ने

NepalOne
५ जेठ २०८२ १८:०९

काठमाडौं ।  नेपालमा टिभीएसको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्ने भएको छ ।

यही जेठ ७ देखि १२ गतेसम्म काठमाडौँको प्रसिद्ध स्थल ‘भृकुटीमण्डप’ मा आयोजना हुनेछ । यो विशेष अवसरमा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएस सवारी घर लैजान सक्नेछन् ।

मेला सुरु हुनु अगावै, जेठ ६ गतेसम्म नयाँ टिभीएस सवारीको प्रि-बुकिङ गर्ने ग्राहकले रू. ५,००० बराबरको उपहार प्राप्त गर्नेछन् । यो सीमित अवधिको अफरले इच्छुक ग्राहकलाई अझ लाभदायक बनाउनेछ ।

मेला अवधिभर ग्राहकहरूले पुरानो सवारीको न्यूनतम मूल्याङ्कन रू. ३०,००० सम्मको सुनिश्चित प्राप्त गर्नेछन् । ५० भन्दा बढी रीकन्डिसन हाउसहरूको सहभागितासहित, मेलामा सबैभन्दा उच्च मूल्याङ्कनको विश्वस्तता दिइनेछ । त्यसका साथै, ग्राहकहरूले रू. ८,००० सम्मको नगद छुट, रू. १०,००० रुपैयाँसम्मको थप मूल्याङ्कन पाउनेछन् र शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने सुविधा पनि उपलब्ध हुनेछ (नियम तथा सर्त लागु हुने)। नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकले हेल्मेट, झोला, बाइक कभर, र रेनकोट नि:शुल्क उपहारस्वरूप प्राप्त गर्नेछन् ।

मेलामा अफरहरू मात्र होइन, रमाइलो अनुभव पनि सुनिश्चित गरिएको छ । आगन्तुकहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेलहरू, एसीहल, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष क्षेत्रको मजा लिन सक्नेछन्। मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो वातावरण सहित सम्पूर्ण मनोरञ्जन प्रदान गर्नेछ ।

जगदम्बा मोटर्सले सबै दुई पाङ्ग्रे सवारी प्रेमीहरू र सम्भावित ग्राहकहरूलाई भृकुटीमण्डपमा जेठ ७ देखि १२ सम्म उपस्थित भएर टिभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेलामा सहभागी हुन आग्रह गरेको छ ।


प्रतिक्रिया