समाचार
सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा तीन दिनदेखि सुनको मूल्य स्थिर छ । चाँदीमा पनि सामान्य घटीबढी भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मगलबार एक तोला सुनको मूल्य एक लाख ८४ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी एक हजार ९४० मा कारोबार भइरहेको छ । सोमबार एकतोला चाँदी एक हजार ९४५ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔँस सुन तीन हजार दुई सय २८ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया