समाचार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार मध्यान्ह भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सोमबार प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता हुने तय भएपनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण भेट भएको थिएन । आजको भेट गभर्नर नियुक्तिमा केन्द्रित रहेको बताइएको छ ।
प्रतिक्रिया