समाचार

नेप्सेमा ७ अर्ब ३१ करोडको कारोबार

NepalOne
६ जेठ २०८२ १५:५२

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ । मंगलबार नेप्से ४९ दशमलव ०९ अङ्कले बढेर २ हजार ६ सय ७७ दशमलव ४५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा होटल समूहको शेयर झन्डै साढे ३ प्रतिशतले उकालो लागेको छ । यस्तै विकास बैंक समूहको शेयर झन्डै ३ प्रतिशत तथा फाइनान्स, जलविद्युत्, लगानी समूहको शेयर २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको छ ।

बजार उच्च अङ्कले बढेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने सबैभन्दा धेरै ३ प्रतिशतले घटेको छ । आज ३१० वटा कम्पनीका १ करोड ६८ लाख कित्ता शेयर ७ अर्ब ३१ करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया