समाचार
गभर्नर सिफारिस गर्न सिफारिस समितिको बैठक जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक अर्थ मन्त्रालयमा शुरु भएको हो ।
समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र डा. पोषण पाण्डे सदस्य रहेका छन् । यसअघि मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच डा. विश्व पौडेललाई गभर्नर बनाउने सहमति भएको छ । गभर्नर नियुक्तिका लागि साँझ पाँच बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ ।
प्रतिक्रिया