गृहमन्त्रीले राजीनामा दिनुपर्छः शेखर कोइराला

NepalOne
१० जेठ २०८२ १३:४३
प्रमुख खबर

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीलाई राजीनामा दिन सुझाव दिएका हुन् ।

उनले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकता सघाउ पुग्ने बताए ।

उनले भने, ‘नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरेँ। छानबिन समिति बनाउनुस्, गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि।’

गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराई भिजिट भिसा प्रकरणमा पक्राउ परेपछि यतिबेला गृहमन्त्रीमाथि राजीनामा नैतिक दबाब परेको छ ।


प्रतिक्रिया