सत्तारुढ कांग्रेस र एमालेका शीर्ष नेता छलफलमा

NepalOne
११ जेठ २०८२ १८:३९
प्रमुख खबर

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुई दलका शीर्ष नेता छलफलमा जुटेका हुन् ।
छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, मन्त्रीहरू रमेश लेखक, आरजु राणा देउवा र रामनाथ अधिकारी सहभागी छन् ।
यस्तै एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेल छन् । नेताहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया
ताजा अपडेट