माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा

NepalOne १२ जेठ २०८२ १२:०३
प्रमुख खबर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । सोमबार बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमा प्रश्न उठेकाले राजीनामा दिन आग्रह गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनले निष्पक्ष अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए । सापकोटाले भने, ‘कांग्रेसभित्रकाले पनि राजीनामा मागेका छन् । हाम्रो पार्टीको पदाधिकारी बैठकले राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको अवस्थामा गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने निष्कर्ष निकालेको छ ।’

उनले यस विषयमा जति ढिलो भयो उति राज्यको साख गिर्दै जाने भन्दै शक्ति नदेखाउन आग्रह गरे ।


प्रतिक्रिया