कार्यपालिका बैठक राख्न बालेनलाई सदस्यहरुको पत्र

NepalOne १२ जेठ २०८२ १५:३९
प्रमुख खबर

काठमाडौं । काठमाडौ महानगपालिकाका मेयर बालेन साहलाई कार्यपालिका सदस्यहरुको कार्यपालिका बैठक छिटो बोलाउन माग गरेका छन् ।

महानगरपालिकाका ४० जना कार्यपालिका सदस्यले मेयर साहलाई जति सक्दो छिटो कार्यपालिका बैठक बोलाउन माग गरेका हुन् । सोमबार बसेको कार्यपालिका सदस्यहरूको अनौपचारिक बैठकले यस्तो माग गरेको हो । बैठकमा मेयर साहबाहेक सबै उपस्थित थिए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ मा‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्ने’ भनिएको छ । तर काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पुस १० गतेयता बस्न सकेको छैन ।

महानगरका प्रवक्ता नवीन मानन्धरले स्थानीय सरकार सञ्चालन ऐनमै सभा तथा कार्यपालिकाको बैठक नगर प्रमुखले बोलाउने र अध्यक्षता गर्ने प्रावधान रहेकोमा बैठक नबोलाउँदा आगामी आर्थिक वर्षको बजेटमा अन्योल देखिएपछि बैठकको माग गरेका बताए ।


प्रतिक्रिया