बालुवाटारमा प्रधानमन्त्री ओली, देउवा र गृहमन्त्री छलफलमा

प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक छलफलमा जुटेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले मङ्गलबारको संसद बैठक अवरुद्ध गरेपछि छलफलका लागि सभापति देउवा गृहमन्त्री लेखकलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
सरकारले बिहीबार संसदमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्ने तयारी गरिरहँदा विपक्षीको अवरोध हटाउन सरकारमाथि चर्को दबाब छ । प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
मङ्गलबारको संसद बैठक अवरोधपछि समस्या समाधानका लागि सभामुख देवराज घिमिरेले दलका प्रतिनिधिहरूसँग छलफल गरेपनि विपक्षीहरूले गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान यथावत राखेपछि आजको बैठक पनि सुचारु हुने सम्भावना कम रहेको छ ।
प्रतिक्रिया
ताजा अपडेट