प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब बजेट(सूचीसहित)

NepalOne १९ जेठ २०८२ १३:०६
अर्थ समाचार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब रुपैयाँ बजेट पठाएको छ । यस्तो बजेटमा समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान (पुँजीगत)सहितको वित्तीय हस्तान्तरण शीर्षकमा उक्त बजेट विनियोजन गरेको हो ।

सरकारले आगामी आर्थिक वर्षको लागि विनियोजन गरेको यस्तो बजेटमा प्रदेशलाई ९७ अर्ब ५६ करोड स्थानीय तहको लागि ३ खर्ब २० अर्ब २६ करोड रुपैयाँ पठाएको छ ।

यस्तो रकममा महागनरपालिकालाई ११ अर्ब ७४ करोड, उपमहानरपालिकालाई ११ अर्ब ३८ करोड, नगरपालिकालाई १ अर्ब ४३ अर्ब १० करोड र गाउँपालिकालाई १ अर्ब ५४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले वित्तीय हस्तान्तरण शीर्षकमा प्रदेश र स्थानीय तहलाई विनियोजन गरेको यस्तो रकम समानीकरणमा न्यूनतम अनुदान, सुत्रमा आधारित अनुदान र कार्यसम्पादनमा आधारित अनुदानमा खर्च गर्न पाइन्छ ।


प्रतिक्रिया