सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन

NepalOne १९ जेठ २०८२ २०:२३
प्रमुख खबर

काठमाडौँ । सरकार र यातायात व्यवसायीबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । सोमबार गृह मन्त्रालयमा भएको वार्ता विना निष्कर्ष टुंगिएको हो ।

अर्को वार्ता मंगलबार बिहान साढे १० बजे बस्ने गरी बैठक स्थगित भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए । गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभरका सार्वजनिक सवारी बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

वार्तामा यातायात व्यवसायीले उक्त नियमावली स्थगित गरे आफ्नो आन्दोलन पनि तत्काल स्थगित गर्न माग गरेका थिए ।

यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले आजको छलफल सकारात्मक भएको बताए । तर, निर्णयमा पुग्न नसकिएकोले भोलि बस्ने गरी छलफल स्थगित भएको तिवारीले जानकारी दिए ।


प्रतिक्रिया