सुनको मूल्य तोलामा ५ सयले वृद्धि

अर्थ समाचार

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । मङ्गबारको तुलनामा बुधबार सुन तोलामा पाँच सय र चाँदी ३० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला सुनको मोल एक लाख ९३ हजार २०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ७५ निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३७९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट