होहल्लापछि कुनै निर्णय नगरी सकियो राजावादीको बैठक

NepalOne २१ जेठ २०८२ १७:१३
प्रमुख खबर

काठमाडौं । आगामी रणनीति तय गर्न बसेको राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको बैठकमा तनाव भएको छ ।

बुधबार दिउँसो दोस्रो चरणको आन्दोलन तयारीबारे छलफल गर्न बोलाइएको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित भएपछि बैठक तनावपूर्ण बनेको हो । लिङ्देन  अनुपस्थित बनेपछि कार्यकर्ताले विरोध गरेका थिए । विरोधकैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिइएपछि होहल्ला सुरू भयो ।

बैठकमा होहल्ला हुन थालेपछि थापाले हल्ला गर्ने भए नबोल्ने बताए । त्यसपछि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले आफैँ माइक लिएर सम्बोधन गरेका थिए । बैठक सुरु भएलगत्तै लिङ्देन कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी गराइएको थियो ।

कार्यकर्ताहरुले लिङ्देनलाई संसद चाहिने भए किन आन्दोलन भन्दै होहल्ला गरेका थिए । त्यसपछि समितिका संयोजक नवराज सुवेदीले सबै नेता कार्यकर्तालाई धन्यवाद दिए र बैठक कुनै निर्णय नगरी सकिएको थियो ।


प्रतिक्रिया