यातायात हड्तालविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरकालीन अन्तरिम आदेश जारी

प्रमुख खबर

काठमाडौं । सर्वोच्च अदालतले यातायात हड्तालविरुद्धको रिटमा अन्तरकालीन अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले यातायात व्यवसायीहरूले गरेको यातायात हडतालविरुद्ध अन्तरकालीन अन्तरिम आदेश दिएको हो ।
इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ । यातायात व्यवसायीले मंगलबार आन्दोलन फिर्ता लिएका छन् ।
गण्डकी प्रदेश सरकारले राइड शेयरिङ नियमावली जारी गरेको विरोधमा देशभरका यातायात व्यवसायी यातायात ठप्प पारी आन्दोलनमा उत्रिएका थिए । तर मंगलबार गण्डकी प्रदेश सरकारले नियमावली एक महिनाका लागि स्थगित गरेपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन् ।
प्रतिक्रिया
ताजा अपडेट