‘टेक एण्ड पे’ को प्रावधान नसच्याए जलविद्युत आयोजनाका पावर हाउस बन्द गर्ने उर्जा उत्पादकको चेतावनी

NepalOne २२ जेठ २०८२ १५:०३
अर्थ समाचार

काठमाडौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले बजेटमा ‘टेक एण्ड पे’ को प्रावधान नसच्याए पावर हाउस बन्द गर्ने चेतावनी दिएका छन् ।

बजेटमा सार्वजनिक ‘टेक एण्ड पे’ पीपीएको प्रावधानबिरुद्ध बिहीबार काठमाडौंमा भएको भेलामा अध्यक्ष कार्कीले सडकमा आन्दोलन नगरि पावर हाउस बन्द गर्ने र बिजुली बन्द गर्नेसम्मको चेतावनी दिएका हुन् ।

उनले मुलुकमा ८० प्रतिशत विजुली उत्पादन गरेको निजी क्षेत्रलाई सरकारले सिध्याउन खोजेको आरोप लगाए । उनकाअनुसार सरकारले उत्पादन र खपतको सन्तुलनमा मात्र आधारित भएर ‘टेक एन्ड पे’विधिमार्फत विद्युत खरिद सम्झौता(पीपीए)गर्ने नीतिले दीर्घकालीन ऊर्जा विकासमा गम्भीर असर पार्नेछ ।


प्रतिक्रिया