शेखरको प्रश्नः हामी तीन बर्षदेखि कहाँ छौं ?

NepalOne २४ जेठ २०८२ १२:१९
प्रमुख खबर

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले कार्यकर्ताहरुले नेताहरुलाई प्रश्न गर्न सक्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाली काङ्ग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले कार्यकर्ताहरुले प्रश्न गर्न नसक्ने हो भने ‘दास’ हुने भन्दै कार्यकर्ता कसैको दास नभएको बताए ।

नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी भएर पनि अगाडि बढ्न नसकेको पनि उनको भनाइ छ । उनले भने, ‘अहिले हामी सबैभन्दा ठूलो पार्टी छौ । तर हामी तीन बर्षदेखि कहाँ छौं सोध्नु भयो वा सोच्नु भयो ? किन यस्तो भइरहेको छ भनेर कहिले सोच्नु भएको छ ? सबैभन्दा ठूलो पार्टी हुदाँहुँदै पनि करिब तीन वर्षदेखि केही भएको छैन भनेर कसैले कसैलाई प्रश्न गर्दैन । नेपाली काङ्ग्रेस र माओवादी मिलेर चुनाव लड्यो, माओवादी र एमालेको सरकार बन्यो । तर किन बन्यो भनेर प्रश्न गर्दैनौ । नेताहरुलाई कार्यकर्ताहरुले प्रश्न गर्न सकिदैँन भने दास हुन्छन् र तपाई हामी कसैको दास होइन् ।’

उनले आफैं बीचमा लड्ने प्रवृत्तिले नेपाली काङ्ग्रेसलाई कमजोर बनाउने भन्दै काङ्ग्रेस आफैंमा चाहिँ कमजोर नभएको बताए ।


प्रतिक्रिया