प्रगतिशिल कानुन व्यवसायी सङ्गठनको अध्यक्षमा थापा निर्वाचित

प्रमुख खबर

काठमाडौँ, २ असारः नेकपा (एमाले) निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन नेपाल (पिपिएलए)को अध्यक्ष पदमा अमर थापा चयन हुनुभएको छ ।
गएराति सम्पन्न भएको निर्वाचनमा थापाका नेतृत्वमा ९९ कमिटी चयन भएको प्रमुख निर्वाचन अधिकृत चोकबहादुर मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार सङ्गठनको खुला उपाध्यक्षमा भीमसेन बञ्जरा, महिला उपाध्यक्षमा यशोदादेवी खरेल, महासचिवमा भुवनप्रसाद निरौला, उपमहासचिवमा बाबुराम राई, तीन सचिवमा युवककुमार गौतम, मुकुन्दप्रसाद अधिकारी र अनिता गुरुङ तथा कोषाध्यक्षमा कुमारप्रसाद घिमिरे निर्वाचित हुनुभएको छ । गत शनिबारदेखि पिपिएलएको तेस्रो राष्ट्रिय सम्मेलन यहाँ सुरु भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट