`

यो संविधान ल्याउने नेताहरुमा समस्या छ : अध्यक्ष लिङ्देन

Nepal One HD ७ असार २०८२ १७:३५
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको प्रणाली परिवर्तन आवश्यक रहेको बताएका छन् ।

शनिबार ‘विद्यार्थीसँग जनप्रतिनिधिः विचार विमर्श’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाहरू पूर्ण रुपमा निःशुल्क हुनुपर्नेमा जोड दिएका हुन् । उनले भने, ‘अबको शिक्षा प्रणाली गरिखाने खालको हुनुपर्छ, जसले विद्यार्थीलाई आत्मनिर्भर बनाउँछ र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउँछ ।’

अध्यक्ष लिङ्देनले वर्तमान संविधानलाई ‘ऊँट जस्तो’ भन्दै गम्भीर आलोचना गरे का छन् । उनले वर्तमान व्यवस्थामा नै परिवर्तन नआएसम्म देशको अवस्था परिवर्तन हुन नसक्ने दाबी गरे ।

उनले भने, ‘अहिलेको संविधान ऊँट जस्तो भयो । त्रुटिहरुको बण्डल छ । सबै नराम्रो छ भन्न सकिँदैन तर त्रुटीको मात्रा बढी भयो । जसले गर्दा यो संविधानले काम नै गर्न सकेको छैन । अहिलेको व्यवस्थालाई ठिक भन्नेहरु मान्छे पो खराब हुन् । समस्या मान्छेमा छ । जसले यो व्यवस्था ल्यायो, संविधान ल्यायो, त्यो ल्याउने नेताहरुमा समस्या छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *