`

मुकुल ढकालको रिटमा सर्वोच्चले असार १७ गते दुवै पक्षसँग छलफल गर्ने

Nepal One HD १२ असार २०८२ १४:३८
प्रमुख खबर

काठमाडौँ । सर्वोच्च अदालतले डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीकै रूपमा काम गर्न पाउँ भन्दै दायर गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको छ ।

बिहीबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेशका लागी दुवै पक्षलाई असार १७ गते छलफलमा बोलाउने आदेश दिएको हो ।

ढकालले आफू रास्वपाको महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न र गराउन पाउँ भन्दै रिट दायर गरेका थिए । उनले रिटमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् ।

रिटमा उनले रास्वपाको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *