`

प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

Nepal One HD १३ असार २०८२ १७:०६
समाज

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका गौरवकुमार केसीलाई दर्ज्यानी  चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित कार्यक्रमा यही असार ९ गते बढुवा भएका उपरथी केसीलाई दर्ज्यानी  चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

करिब एक वर्ष नेपाली सेनाको प्रवक्ताका रुपमा काम गरेका केसी केही समयअघि मात्र सरुवा भई त्यहाँ निमित्त पृतनापतिको जिम्मेवारीमा गएका थिए । पदोन्नतिसँगै उपरथी केसी पूर्वी पृतनापतिको जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *