`

त्रिविको तालाबन्दी तत्काल खोल्न सर्वोच्चको आदेश

Nepal One HD १८ असार २०८२ १८:५९
प्रमुख खबर

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयको तालाबन्दी तत्काल खोल्न अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले लामो समयदेखि बन्द रहेको त्रिविको ताला खोल्न अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता महेश भट्टराईलगायतले त्रिविको उपकुलपति, रेक्टर, रजिष्ट्रार, सेवा आयोग लगायतलाई विपक्षी बनाएर तालाबन्दी खुलाउन माग गर्दै मंगलबार रिट दर्ता गराएका थिए । त्रिभुवन विश्वविद्यालयमा ३४ दिनदेखि तालाबन्दी रहेको छ।

इजलासले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी वृत्त कीर्तिपुरको नाममा तालाबन्दी नगर्न र नगराउन तथा ताला लगाएको भए खोल्न आदेश दिएको हो । जेठ १४ गते नेपाल विद्यार्थी संघले विभिन्न क्याम्पसमा स्ववियूमा निर्वाचित केही पदाधिकारीले उपकुलपति कार्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेका थिए ।

त्यसैगरी आंशिक प्राध्यापक संघले जेठ ३० गते उपकुलपतिसहित रजिष्ट्रार, रेक्टर र सेवा आयोग कार्यालयमा तालाबन्दी गरेको थियो । त्यसपछि उपकुलपति प्रा.डा. खड्ग केसी, रेक्टर प्रा.डा. दुविनन्द ढकाल र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल बाहिरै बसेर काम गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *