प्रधानमन्त्री ओली नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफलमा

प्रमुख खबर

मेड्रिड (स्पेन), १८ असार : स्पेनको सेभिल्लामा भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज मेड्रिड फर्कनुभएको छ ।
प्रधानमन्त्री ओली आज साँझ रेलमार्गबाट मेड्रिड आइपुगेर स्पेनका लागि नेपाली राजदूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आयोजना गरेको नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफलमा सहभागी हुनुभएको हो ।
प्रधानमन्त्री ओली यही असार १५ गते मेड्रिड हुँदै सेभिल्ला (सेभिया) को सम्मेलनमा पुग्नुभएको थियो । यही असार १४ गते स्पेनका लागि प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली यही असार २० गते काठमाडौँ फर्कनुहुनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट