`

शेयर बजारमा १० अंकको वृद्धि

Nepal One HD १९ असार २०८२ १५:४५
अर्थ समाचार

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से बढेको छ । बिहीबार नेप्से १० दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय पाँच दशमलव ८१ विन्दुमा पुगेको छ ।

आज होटल तथा पर्यटन, जलविद्युत्, लगानी, लघुवित्त र व्यापार उप समूहको शेयर घटेको छ । बाँकी समूहको शेयर बढेकोमा फाइनान्स उपसमूहको शेयर ४ प्रतिशत भन्दा धेरैले बढेको छ ।

आज नेपाल फाइनान्स समुहको शेयर झन्डै १० प्रतिशतले बढेको छ । आज ३११ वटा कम्पनीको दुई करोड ४९ लाख कित्ता शेयर ९ अर्ब ६४ करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *