`

धरानको खानेपानी योजनाका लागि एडीबीको ऋण नलिन खानेपानी मन्त्रालयलाई हर्क साम्पाङको पत्र

Nepal One HD २० असार २०८२ १२:२३
प्रमुख खबर

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नगरको खानेपानी योजनाका लागि एसियाली विकास बैंक (एडीबी)को ऋण नलिने घोषणा गरेका छन् ।

खानेपानी मन्त्रीलाई पत्र लेख्दै मेयर साम्पाङले धरान उपमहानगरपालिकाले पहिले लिएको एडीबीको ऋणसमेत तिर्न बाँकी रहेको भन्दै थप ऋण लिन उचित नहुने बताएका हुन् । उने कम्तीमा ३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्तकोसीको पानी धरानमा ल्याउन अनेकचोटी मन्त्रालय धाएको स्मरण गराएका छन् ।

उनले आगामी आर्थिक वर्षको लागि नेपाल सरकारले चार करोड रुपैयाँ विनियोजन गरेको भन्ने जानकारी प्राप्त भएको तर बाँकी पैसा सबै एडीबीबाट ल्याउने भन्ने सुन्न र बुझ्नमा आएकोले देशलाई विदेशी ऋणको भारि बोकाउन उचित नहुने पत्रमा उल्लेख गरेका छन् ।

उनले आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र धरानमा खानेपानी योजना अगाडी बढाउनु उपयुक्त हुने पनि सुझाव दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *