`

धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गरौँः कोइराला

Nepal One HD २२ असार २०८२ १४:१५
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्न सुझाव दिएका छन् । आइतबार केन्द्रीय समिति बैठकमा कोइरालाले संविधान संशोधन गर्दा धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्न सुझाव दिएका हुन् ।

‘सात बुँदेमा संविधान संशोधन गर्ने भनिएको छ । संविधान संशोधनमा धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गरौँ।’

कोइरालाले निर्वाचन प्रणाली फेरेर प्रतिनिधिसभा सबै प्रत्यक्ष  र राष्ट्रियसभा पूर्ण समानुपातिक गर्नुपर्ने बताए । कोइरालाले वर्तमान सत्ता गठबन्धनको समझदारी नै संविधान संशोधन भए पनि काम सुरु भएको भन्दै ध्यानाकर्षण गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *