`

सीता दाहालको दोस्रो स्मृति दिवसमा प्रचण्डले गराए मानवसेवा आश्रम रानीवनका आश्रितलाई भोजन

Nepal One HD २७ असार २०८२ १२:०२
राजनीति

काठमाडौं । सीता दाहालको दोस्रो स्मृति दिवसको अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मानवसेवा आश्रम रानीवन पुगेका छन् ।

शुक्रबार बिहान अध्यक्ष प्रचण्ड आश्रम पुगेर उनले आश्रममा आश्रितहरूसँग आत्मीय भेटघाट गर्नुका साथै भोजन गराएका छन् । साथै प्रचण्डले पनि पनि उनीहरूसँगै बसेर खाना खाएका छन् ।

उनले आफू प्रधानमन्त्री भएको बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै, मानव उद्धारका लागि आवश्यक सवारीसाधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

साथै, मानव सेवा आश्रमले सकारात्मक उद्देश्यले देशभर सञ्चालन गरेका काममा साथ र सहयोग पुर्याउने बताए । मानवीय सेवामा आधारित यस्ता कार्यहरूले सामाजिक मूल्य र आदर्शको सन्देश दिन्छन् भन्ने धारणा उनले व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *