`

‘जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो’ – पूर्वराष्ट्रपति भण्डारी

Nepal One HD २८ असार २०८२ १९:१०
राजनीति

काठमाडौँ, २८ असारः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको जनताको बहुदलीय जनवाद (जबज) केवल एउटा राजनीतिक सिद्धान्त मात्र नभएर लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन हो भन्नुभएको छ ।

मदन भण्डारी फाउन्डेसनद्वारा आज यहाँ आयोजित जर्नल विमोचन तथा विमर्श कार्यक्रममा उहाँले जबजका बारेमा उच्च शैक्षिक संस्थाहरुमा अध्ययन, अनुसन्धान र छलफल हुनुपर्ने बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रलाई समृद्ध बनाउने र नागरिकलाई सुखी बनाउने महान् लक्ष्यलाई जबजले अघि बढाएको चर्चा गर्दै नेकपा (एमाले) पनि सुखी नेपालीको साझा राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न यो सिद्धान्तअनुसार अविचलित रुपमा लागि परेको धारणा व्यक्त गर्नुभयो ।

त्यस अवसरमा पूर्वराष्ट्रपति भण्डारी र नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले ‘राज्य, समाज र विकास ः जबज दृष्टिकोण’को लोर्कापण गर्नुभएको थियो ।

फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले विमोचित जर्नलले भावी पुस्ताका लागि देशबारे अध्ययन–अनुसन्धान गर्न चाहनेहरुका लागि भरपर्दो स्रोतसामग्री हुने बताउनुभयो ।

जर्नलका प्रमुख सम्पादक पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे हुनुहुन्छ । जर्नलमा १० वटा लेख समावेश छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *