`

सुनसरीको घुस्कीमा गोली प्रहारबाट १७ वर्षीया किशोरीको मृत्यु

Nepal One HD ३० असार २०८२ ८:५९
अपराध

इनरुवा (सुनसरी), ३० असारः सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर –६ कि १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।

घरेलु विवाद हुँदा भारत अररिया घर भएका २५ वर्षीय आजाज मियाँले गोली प्रहार गरेका जनाइएको छ । गोली प्रहारबाट अर्चनाको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । गोली प्रहार गरेलगत्तै आरोपी मियाँ फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ । भारतको सुपौल र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *