`

रुपन्देही-३ को उपनिर्वाचन: उम्मेदवार छनोटका लागि रास्वपाद्वारा दरखास्त आह्वान

Nepal One HD ५ साउन २०८२ १८:१५
बिशेष

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया साउन ७ गतेबाट सुरु गर्ने भएको छ ।

सोमबार पार्टीले एक विज्ञप्ति जारी गर्दै उक्त सुचना सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा भनिएको छ– रास्वपाको आधिकारिक उम्मेदवार बन्न इच्छुक व्यक्तिले पार्टीको न्यूनतम मापदण्ड र निर्वाचन आयोग नेपालको न्यूनतम कानुनी योग्यता पूरा गरेका व्यक्तिले ‘श्रावण ७ बिहान १० बजेदेखि श्रावण २१ गते साँझ ५ बजेसम्म पार्टीको आधिकारिक मोबाइल एप डाउनलोड गरी सोही एपबाट अनलाइन दरखास्त दिन सक्नु हुनेछ ।’

यस्तै उपनिर्वाचन सम्बन्धी थप जानकारी आवश्यक भएमा पार्टीको केन्द्रीय निर्वाचन आयोग, लुम्बिनी प्रदेश समिति र रुपन्देही जिल्ला समितिसँग सम्पर्क तथा समन्वय गर्न अनुरोध गरेको छ । निर्वाचन आयोगले कात्तिक १७ गते रुपन्देही–३ मा उपनिर्वाचन घोषणा गरेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *