`

पाल्पामा अरिंगालले टोकेर एक महिलाको मृत्यु

Nepal One HD १० साउन २०८२ १८:५५
समाज

पाल्पा । अरिंगालले टोकेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको रामपुर नगरपालिका-२ सेरामा अरिंगालले टोकेर ५७ वर्षीया दानुकुमारी रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए।

उनका अनुसार अरिंगालले टोकेर घाइते भएकी रावतलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइएकामा मृत्यु भएको हो । घर नजिकैको सामुदायिक वनमा स्याउला काट्ने क्रममा उनलाई कालो अरिंगालले टोकेको थियो ।

अरिंगालको टोकाइले गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि रामपुर अस्पताल लगिएकामा थप उपचारका लागि प्रभास ल्याइएको थियो । उनको आजै शव परीक्षण गरी परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *