`

कुलिङ पिरियडमा ‘छेडखानी’ छानबिन समितिको प्रतिवेदन सभामुखलाई बुझाइयो

Nepal One HD २० साउन २०८२ १३:३१
राजनीति

काठमाडौं- संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा गरिएको छेडखानीबारे छानबिनका लागि गठित संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ ।

सउमितिका संयोजक एवम् नेपाली कांग्रेसका सांसद जीवन परियारले उक्त प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, समिति सचिव सुरजकुमार दुरासहितलाई जिम्मेवार ठहर्‍याएको प्रतिवेदन मंगलबार सभामुखलाई बुझाएका हुन् ।

समितिले सभापति खतिवडालाई नैतिक रुपमा जिम्मेवार रहेको किटान गरेको छ । तर उता सभापति खतिवडाले आफू सुरूदेखि नै कुलिङ पिरियडको पक्षमा रहेको बताएका छन् । हिजो पनि र भोलि पनि आफू कुलिङ पिरियडको पक्षमा उभिने बताउँदै उनले छेडखानीमा नैतिक जिम्मेवारी लिने बताएका छन् ।

उनले , ‘कुलिङ पिरियड समेटिएको निजामती सेवा विधेयकमा मैले नै हस्ताक्षर गरेर पठाएको हो। त्यसबारे जिम्मेवारी लिन्छु। तर जसले बदमासी गरेको हो, उसलाई कारबाही हुनुपर्छ भनेर म पहिले पनि बोलेको हो ।’

खतिवडाले संसदीय समितिको निर्णयप्रति आफ्नो असहमति नरहेको जनाए । ‘मैले कुलिङ पिरियडबारे उल्लेखित विषय बोल्ड अक्षरमा सही गरेर पठाएको हो। त्यसपछि १५ दिनसम्म सांसदहरूले के हेरेर बसे, किन अध्ययन गरेनन् – मलाई पनि अनौठो लागेको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *