`

सुनको मूल्य हालसम्मकै उच्च, चाँदी पनि महँगियो

Nepal One HD २३ साउन २०८२ १२:१९
अर्थ समाचार

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबार सुन तोलामा एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी बढेर २ हजार ३१५ रुपैयाँमा कायम भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *