`

रवि लामिछानेको निवेदनमाथि बहस सकियो, आदेश लेखन जारी

Nepal One HD २६ साउन २०८२ १७:४०
राजनीति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिगो बराबरको धरौटी राखेर रिहाइको माग गर्दै दिएको निवेदनमाथि सुनुवाइ सकिएको छ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा लामिछानेको पेसी तोकिएको निवेदनको सोममबार सुनुवाइ सकिएको हो।

लामिछानेले निवेदनसँगै बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक ग्यारेन्टी बुझाइसकेको अवस्थामा मुद्दाको सुनुवाइ अघि बढेको थियो । अब न्यायाधीश सापकोटाको इजलासले जमानत लिएर पुर्पक्षका लागि छाड्ने या कारागारमै राख्ने आदेश दिनेछ ।

उनले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते सोमबार निवेदन दिएका थिए ।

बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *