दोहोरो अङ्कले घटेर २७ सयको बिन्दुमा झर्यो सेयरबजार


काठमाडौं । दोहोरो अंकले घटेर नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २७ सयको बिन्दुमा झरेको छ । मङ्गलवार नेप्से परिसूचक २६ दशमलव २२ अङ्कले घटेर २७९६ दशमलव २४ को बिन्दुमा बन्द भएको हो ।
गत असार ३२ गते २७ सयको मनोवैज्ञानीक बिन्दुलाई पार गरेर परिसूचक २८ सयको बिन्दुमा उक्लिएको थियो । आज करिब ४ सातापछि पुन २७ समयको बिन्दुमा परिसूचक झरेको हो ।
अघिल्लो दिन सोमबार नेप्से २७ दशमलव ९० अङ्कले घटेर २८२२ दशमलव ४६ को बिन्दुमा बन्द भएको थियो ।
आज १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता सेयरको खरिदबिक्री हुँदा ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ । जहाँ सिक्लेस हाइड्रोपावर, उनन्ती सहकार्य लघुवित्त संस्था र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्वाधिक गिरावट आएको छ ।
आजको कारोबारमा २५ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने २२५ वटाको घटेको छ । र एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
कारोबारका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी २६ करोड ७७ लाख ५५ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थनमा रहेको छ ।
मङ्गलवार बजार पुँजीकरण ४६ खर्ब ६९ अर्ब रुपैयाँ बढी रहेको छ ।