`

रास्वपामा फर्किने मुकुलको प्रयासलाई सर्वोच्चले स्वीकारेन, रिट नै खारेज

Nepal One HD २७ साउन २०८२ १७:५९
राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा आफू बहाल रहनुपर्ने माग गर्दै डा. मुकुल ढकालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्चको यो निर्णयसँगै मुकुल रास्वपा फर्किने वैधानिक ढोका बन्द भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ढकालको रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो ।

 आफूलाई पदबाट बर्खास्त गर्ने रास्वपाको निर्णय अवैध भएको भन्दै ढकालले सर्वोच्च गुहारेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *