`

रवि लामिछानेको स्वास्थ्यमा समस्या, रगत जाँच गर्न अस्पताल पठाइयो

Nepal One HD २ भदौ २०८२ १७:०९
जीवनशैली/स्वास्थ्य

काठमाडौँ । रुपन्देहीबाट ललितपुरको नख्खु कारागार सारिएका रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ ।उनको स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत जाँच गर्नका लागि रगत अस्पताल पठाइएको छ ।

रुपन्देहीबाट नख्खु कारागार सरुवा भएर आएका लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि ट्रमा सेन्टरबाट स्वास्थ्यकर्मी कारागारमै बोलाएर परीक्षण भइरहेको रास्वपा उपसभापति डिपी अर्यालले बताए ।

भारत भ्रमणबाट फर्कनेवित्तिकै लामिछानेलाई भेट्न कारागार पुगेका उपसभापति अर्यालले उनलाई केही स्वास्थ्य समस्या देखिएको बताएका हुन् ।

रुपन्देही करागारमा रहँदा घाममा निस्कन नपाएको कारण त्यस्तो भएको हुनसक्ने उपसभापति अर्यालको अनुमान छ । रुपन्देही करागारमा रहँदा लामिछाने कोठाबाट बाहिर निस्कन पाएका थिएनन् । आफूहरु भेट्न जाँदा पनि अँध्यारो कोठामा बस्ने भएका कारण लामिछानेको स्किनमा खास फरक नदेखिएको र अहिले खुल्ला ठाउँमा भेट्दा परिवर्तन देखिएको अर्यालले बताए ।

यस बारेमा जेल प्रशासनलाई जानकारी गराएपछि रविको स्वास्थ्य जाँचका लागि अहिले ट्रमा सेन्टरबाट जाँचको लागि डाक्टरको टोली नख्खु पुगेका छन् ।

सो क्रममा उनको छालामा पहेँलोजस्तो देखिएपछि स्वास्थ्य जाँचका लागि अनुरोध गरिएको र अहिले रगत परीक्षणका लागि अस्पताल पठाइएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *