`

उपसभामुख रानालाई हटाए सडक संघर्षमा जाने रास्वपाको चेतावनी

Nepal One HD ३ भदौ २०८२ १४:३६
रास्वपा

प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाए सडक संघर्षमा जाने चेतावनी दिएको छ ।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले राना मगरलाई महाभियोग लगाउन भन्दै सांसदहरूको हस्ताक्षर संकलन गरिरहँदा रास्वपाले यस्तो चेतावनी दिएको हो ।

‘सुन्दैछौँ हस्ताक्षर संकलन हुँदैछ रे समाजिक लडाइँ लड्दै आएका एक जनजातिकी छोरीलाई पदमुक्त गर्ने परिपञ्च रच्दै छन् रे ,’ रास्वपा प्रवक्ता मनीष झाले भनेका छन्, ‘यसको नाटक सदनमा रचियो भने जवाफ सडकले दिनेछ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई परिवार, आफन्त र बिचौलियालाई पद बेच्ने गरेको आरोपसमेत लगाएका छन् ।

परिवार, आफन्त र बिचौलियाको कोटालाई पद बेच्ने अभ्यास गरिरहेको ओली र देउवाको लागि यो समावेशिताको परिवर्तन सह्य भएन,’ झाले भनेका छन् ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राना मगरलाई हटाउने सत्तारुढ दलहरूको कोसिसको विरोध गर्ने बताएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *