`

युवाहरू तयार भए पद छाड्न तयार छु : प्रधानमन्त्री ओली

Nepal One HD ३ भदौ २०८२ १८:५८
बिशेष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन् ।  मंगलबार काडमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले युवाहरूको समय रहेको बताएका हुन्।

ओलीले युवाहरू अघि बढेर देश विकासमा लाग्नुपर्ने बताए। युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको उनको भनाइ थियो।

‘यो युवाहरूको समय हो। युवाहरू अगाडि बढ्नुपर्छ। युवाहरूले गर्नसक्नुपर्छ। यो कुरा थाहा पाएपछि भन्छन्- तपाईंले किन पद नछोडेको? म त छोड्न तयार नै छु नि। युवाहरू तयार हुनुपर्‍यो नि त। म इन्करेज गर्न चाहन्छु युथहरूलाई।’

प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँनयाँ विकास, आविष्कार र प्रगति भएको पनि बताए ।

उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास व्यक्त गरे।   प्रधानमन्त्री ओलीले नेपालमा अब लगानी र काम गर्न कुनै बाधा नरहेको दाबी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *