`

डेंगी रोग नियन्त्रण सम्बन्धी महानगरको ‘वाक एण्ड एक्ट’ अभियान (तस्बिरहरू)

Nepal One HD ६ भदौ २०८२ १०:२१
जीवनशैली/स्वास्थ्य

काठमाडौँ । वर्षायाममा डेंगु रोगको प्रकोप बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिकाले एक दिने ‘मेगा अभियान’ सञ्चालन गरेको छ । महानगरले शुक्रबार ‘वाक एण्ड एक्ट’ (खोज र नष्ट गर) विशेष अभियान सञ्चालन गरेको हो ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले श्रावण महिनालाई ‘डेंगु रोग सचेतना महिना’को रूपमा मनाउने निर्णय गरेसँगै महानगरले पनि आफ्नो सक्रियता बढाएको हो । कार्यक्रम शुक्रबार बिहान राष्ट्रिय सभागृह, काठमाडौँबाट सुरु भएको थियो।

विभागका प्रमुख दीपक कुमार  केसीका अनुसार  महानगरपालिका अन्तर्गतका सबै विभाग, इकाई, सचिवालय र आयोजनाका सम्पूर्ण कर्मचारीहरूलाई अभियानमा सहभागी हुन निर्देशन दिइएको थियो । अभियानमा महानगरपालिकाका सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *