`

स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्ग स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

Nepal One HD ७ भदौ २०८२ १७:११
विश्व

अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा स्टारलिङ्ग स्याटेलाइटहरू कक्षमा पठाएको छ ।

स्पेसएक्सका अनुसार, यी स्याटेलाइटहरू ‘फाल्कन–९’ रकेटमार्फत क्यालिफोर्नियाको भ्याण्डेनबर्ग स्पेस फोर्स बेसबाट बिहान १०ः०४ बजे (स्थानीय समय अनुसार) सफलतापूर्वक प्रक्षेपण गरिएको हो ।

‘फाल्कन–९’ एक पुनःप्रयोग गर्न मिल्ने रकेट हो, जसलाई अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले कृत्रिम उपग्रह प्रक्षेपण, अन्तरिक्षयान पठाउने र अन्तरिक्ष यात्रीहरूको ढुवानीका लागि विकास गरेको हो । यो रकेटलाई पृथ्वीको कक्षा र त्यसभन्दा परका गन्तव्यहरूमा उपयोगी सामग्री पु¥याउन प्रयोग गरिन्छ । यसको मुख्य विशेषता भनेको यसको पहिलो चरण(बुस्टर)भागलाई सफलतापूर्वक पृथ्वीमा पुनः अवतरण गराई फेरि प्रयोग गर्न सकिने प्रविधि हो, जसले प्रक्षेपण लागत उल्लेख्य रूपमा घटाउने काम गरेको छ ।

स्पेसएक्सका अनुसार, स्टारलिङ्ग परियोजनाले ती स्थानहरूमा उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ, जहाँ हालसम्म इन्टरनेट पहुँच अस्थिर, महँगो वा पूर्ण रूपमा अनुपलब्ध रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *