`

राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसका यी चार आकांक्षीमध्य बडु बन्ने सम्भावना बढी

Nepal One HD ९ भदौ २०८२ १३:४४
राजनीति

काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चुन्नका लागि सभामुख देवराज घिमिरेले समय तोकेका छन् ।

यही भदौ ११ गते निर्वाचन हुने भएसँगै उक्त पदमा सम्भावित चार जना सांसदहरू आकांक्षी देखिएका छन् ।

राज्य व्यवस्था समितिमा कांग्रेसबाट सांसदहरू अम्बिका बस्नेत, गगनकुमार थापा, दिलेन्द्रप्रसाद बडू, विश्वप्रकाश शर्मा, सरिता प्रसाई, हृदयराम थानी, पूर्णवहादुर खड्का, ईश्वरीदेवी न्यौपाने र रामहरि खतिवडा सदस्य रहेका छन् ।

राज्य व्यवस्था समितिमा रहेका कांग्रेसकै सदस्यहरूबाट सभापति चुन्ने तयारी छ । यसमध्ये दिलेन्द्रप्रसाद बडूको नाममा सहमतिको प्रयास जारी छ । यसका अलावा अम्बिका बस्नेत, सरिता प्रसाई र हृदयराम थानीको नाम चर्चामा छ ।

चर्चा बिच नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिमा दिलेन्द्रप्रसाद बडुलाई पठाउने तयारी गरेको छ । यद्यपि निर्णय भने भइनसकेको छैन् ।

कांग्रेसका सांसद एवं समितिका एक सदस्यका अनुसार बडुलाई सभापति बनाउने गरी गृहकार्य सुरू भएको हो । बडु पूर्वमन्त्री समेत भइसकेका छन् ।

सभामुख देवराज घिमिरेले समिति सभापतिको निर्वाचनको मिति बुधबारलाई तय गरेका छ्न । नियमावलीको व्यवस्थाअनुसार सभापति रिक्त भएको १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने व्यवस्था छ । गठबन्धनको दलको सहमति अनुसार समितिको सभापति नेपाली कांग्रेसले पाउने छ ।

संघीय निजामती सेवा विधेयक निर्माणका क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहराएपछि रामहरि खतिवडाले साउन २८ मा राजीनामा दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *