राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई पठाउने कांग्रेसको निर्णय

राजनीति

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसले सांसद ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले उनको नाममा सहमति गरेको हो।
संसदीय सुनुवाइ समिति सभापति रहेकी न्यौपानेलाई उक्त पदबाट राजीनामा गराएर राज्य व्यवस्था समितिको सभापति बनाउन लागिएको हो ।
यसअघि सभापति रहेका रामहरि खतिवडाले राजीनामा दिएपछि उनको स्थानमा न्यौपानेलाई पठाउने निर्णय गरेको स्रोतले जानकारी दियो ।
समिति सभापतिका लागि आज मनोनयन र भोलि मतदानको समय तोकिएको छ ।
समिति सभापतिका लागि दिलेन्द्र बडु, हृदयराम थानी, सरिता प्रसाई, अम्बिका बस्नेतलगायत आकांक्षी थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट