कैलालीको खुटिया खोलामा नुहाउन गएका ४ किशोरको मृत्यु
समाज
धनगढी । कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार जनाकै शव भेटिएको छ । गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा चार किशोर बेपत्ता भएका थिए ।
बिहीबार दिउँसो करिब २ बजेतिर गोदावरी नगरपालिका-९ खुटिया खोलामा चार जना किशोरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले जानकारी दिए।
मृतक अन्दाजी १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय देव भण्डारी, १७ वर्षीय जावेज भण्डारी र १७ वर्षीय प्रतीक चौधरी छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
