`

खोटाङमा जिशिअसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Nepal One HD १५ भदौ २०८२ १७:५९
प्रमुख खबर

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालिन तीनजना  जिल्ला शिक्षा अधिकारी ( जिशिअ)सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याएको भन्‍दै अख्तियारले खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपाल, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत १३ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका -४ स्थित श्री लक्ष्मी माध्यमिक बिद्यालय, बडहरेको विद्यालय भवन निर्माण गर्दा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा डीपीसी मात्र तयार गरी रकम हिनामिना गरेको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेश कुमार पौडेलले बताए ।

यस्तै लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापकत्रय राजेन्द्रप्रसाद दाहाल, ऋषिराम पोखरेल र नयनकुमार राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेषकुमार पौड्याल, विद्यालयका तत्कालीन लेखापाल सीता कार्की, भवन निर्माण गर्ने जिम्मेवारी पाएका अर्जुन तामाङ समेतलाई आयोगले प्रतिवादी बनाएको छ । उनीहरूविरुद्ध जनही पाँच लाखदेखि २४ लाख रुपैयाँसम्म बिगो कायम गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *