`

प्रधानमन्त्री ओली र लाओका राष्ट्रपतिबीच भेटवार्ता

Nepal One HD १६ भदौ २०८२ ८:५८
राजनीति

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन सिसौलिथसँग भेटवार्ता भएको छ। शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका ओलीले सोमबार बिहान लाओका राष्ट्रपतिसँग भेट गरेका हुन्।

ओलीले सिसौलिथसँग दुई पक्षीय वार्ता गरेको उनको निजी सचिवालयले जानकारी दिएको छ।

यसअघि ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका राष्ट्र र सरकार प्रमुखसँग भेटवार्ता गरिसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *