`

एका एक किन स्थगित भयो रास्वपाको पत्रकार सम्मेलन ?

Nepal One HD १६ भदौ २०८२ १२:२७
रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगित भएको छ । रास्वपाले सोमबारका लागि तय गरेको पत्रकार भेटघाट कार्यक्रम स्थगित गरेको हो।

रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका उम्मेदवार लेखजंग थापाले बहुविवाह गरेको सार्वजनिक भएसँगै पत्रकार सम्मेलन रोकिएको हो । उनले बहुविवाह गरेको भन्दै प्रश्न उठेपछि अनुसन्धान गर्न समय लाग्ने भन्दै रास्वपाले पत्रकार सम्मेलन स्थगित गरेको नेताहरूले बताएका छन् ।

तर राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले भने विशेष कारणवश पत्रकार सम्मेलन स्थगित गरिएको दाबी गरेका छन्।

अहिले सामाजिक सञ्जालभर बहुविवाह गरेको व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै तीव्र आलोचना भइरहेको छ । त्यही विवादले आलोचना भएसँगै पत्रकार सम्मेलन रोकेर रास्वपाले अनुसन्धान थालेको जनाएको छ । रास्वपाका प्रवक्ता झाले पत्रकार भेटघाट कार्यक्रम अर्को समयका लागि सारिएको जानकारी सञ्चारमाध्यमलाई दिएका छन् ।

थापाका दुईवटा श्रीमती भएको विषय बाहिर आएपछि थापाले रास्वपा नेताहरूलाई स्पष्टीकरण दिएका छन् । रास्वपाका केही शीर्ष नेताहरूलाई थापाले टेलिफोन गरेर उनले आफू कुनै पनि रूपमा कमजोर नभएको र दुई श्रीमतीमध्ये एक श्रीमतीसँग डिभोर्स भइसकेको स्पष्ट पारेका छन् ।

रास्वपाका केही नेतालाई थापाले स्पष्ट पारेपछि आज पार्टी कार्यालय वनस्थलीमा केही नेता र थापा सहितको बैठक बस्न लागेको बताइएको छ ।

केही नेताहरूसँग थापाले परामर्श गरेपछि पत्रकार सम्मेलनमै उनले प्रमाण सार्वजनिक गर्ने रास्वपा स्रोतको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *