`

लैङ्गिक समानता प्रवर्द्धन गर्न सरकारले काम गरिरहेको छः मन्त्री सुडी

Nepal One HD १६ भदौ २०८२ २२:३७
राजनीति

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह (सुडी)ले लैङ्गिक समानता प्रवर्द्धन गर्न सरकारले तीव्रताका साथ काम गरिरहेको बताएका छन् ।

यहाँ आज आयोजित महिला समुत्थान परियोजनाको वार्षिक समीक्षा गोष्ठीमा उनले लैङ्गिक समानताको विषयमा सरकारले गहिरो आत्मसमीक्षासहित काम गरिरहेको बताए । यसका लागि देखिएका चुनौती पहिचान गरी आगामी दिनमा थप सुधारका काम गरिने मन्त्री सुडीको भनाइ थियो ।

उनले चालु आर्थिक वर्ष २०८२/८३ का लागि योजना तर्जुमा गर्दा सङ्ख्यात्मक उपलब्धिको मात्र नभई गुणात्मक प्रभावको पनि मूल्याङ्कन गरिएको बताए ।

मन्त्री सुडीले महिला सशक्तीकरण कुनै एक क्षेत्रको मात्र विषय नभई सिङ्गो राष्ट्रको विकास र समृद्धिसँग जोडिएको मूल विषय भएकाले यसमा सबैको सहकार्य आवश्यक रहेको धारणा राखे। उनले लैङ्गिक हिंसापीडितको पुनःस्थापना र एकीकरणका लागि एक राष्ट्रिय र तीन प्रादेशिक पुनःस्थापना केन्द्रहरू निर्माण गरी सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *