`

सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

Nepal One HD २० भदौ २०८२ ६:३५
प्रमुख खबर

काठमाडौँ, २० भदौ : सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ । कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिनको ५ः१५ बजे बस्नेगरी निर्धारण भएको समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ ।

सो समितिको सभापति रहनुभएकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति रिक्त रहँदै आएको थियो । सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *